घट्यो सुनचाँदीको मूल्य

आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम गरिएको छ ।

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम गरिएको छ ।

छापावाल सुन बिहीबार ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन बिहीबार प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला पाँचले बढेको छ । चाँदी बिहीबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएकामा आज एक हजार १६० रुपैयाँ तोकिएको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय समयमा परिवर्तन भइरहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved