च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक, विधान दस्तावेजमाथि छलफल

आज र भोलिका लागि बोलाइएको बैठकले केन्द्रीय सदस्यहरुले धारणा राखेपछि विधान महाधिवेशनका लागि दस्तावेज स्वीकृत गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

नेपालभ्युज

च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक, विधान दस्तावेजमाथि छलफल
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज केन्द्रीय कमिटी बैठक बस्दैछ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्दैछ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकको मुख्य एजेण्डा विधान महाधिवेशनमा पेश हुने अस्तावेजमाथि छलफल रहेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए।

आजको बैठकमा यसअघिको स्थायी समितिले स्वीकृत गरेको विधान दस्तावेज पेश हुने तामाङले बताए। केन्द्रीय कमिटीमा पेश भएपछि विधान महाधिवेशनको दस्तावेजमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्न शुरु हुने उनले बताए।

आज र भोलिका लागि बोलाइएको बैठकले केन्द्रीय सदस्यहरुले धारणा राखेपछि विधान महाधिवेशनका लागि दस्तावेज स्वीकृत गर्ने तामाङले जानकारी दिए।

एमालेले १५ असोजदेखि १७ असोजसम्म विधान महाधिवेशन गर्ने यसअघि नै सार्वजनिक गरेको छ। विधान महाधिवेशन काठमाडौंमा हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved