ताइवान गस्तीमा चिनियाँ विमान

चीनको १९ लडाकु विमान ताइवानी हवाई क्षेत्रमा प्रवेश गरेको बताइएको छ।

नेपालभ्युज

ताइवान गस्तीमा चिनियाँ विमान

एजेन्सी। चीनले ताइवानलाई आफ्नो सैन्य ताकत देखाएको छ। बिहीबार ताइवानको हवाई क्षेत्रमा आफ्नो विमान उडाएर चीनले आफ्नो क्षमता देखाएको हो। चीनको १९ लडाकु विमान ताइवानी हवाई क्षेत्रमा प्रवेश गरेको बताइएको छ।

चीन सहभागी हुने तरखर गर्दै आएको प्रशान्त क्षेत्रका ११ सदस्यीय व्यापारिक समूहमा ताइवान सहभागी हुन अग्रसर हुँदैछ। ताइवानको यस्तो अग्रसरताबीच चीनले आफ्नो हवाई क्षमताको प्रर्दशन गरेको बताइन्छ। चिनियाँ हवाई गस्तीको प्रतिक्रिया स्वरुप आफूहरुले पनि आफ्नो हवाई गस्तीलाई चुस्त पारेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।

१७ सेप्टेम्बरमा पनि ताइवानी क्षेत्रमा चीनका १० युद्धक विमान प्रवेश गरेको बताइन्छ। ताइवानले आफ्नो सैन्य बजेट ९ बिलियन अमेरिकी डलरले बढाएपछि चीनका युद्धक विमान ताइवानी क्षेत्रमा प्रवेश गरेको थियो।

ताइवानको अन्तर्राष्ट्रिय सक्रियतालाई चीनले आफ्नो सार्वभौमिक्ता माथिको आक्रमणका रुपमा चित्रण गरेको पाइन्छ। प्रशान्त क्षेत्रका ११ सदस्यीय व्यापारिक समूहमा प्रवेशको ताइवानी प्रयासलाई चीनले अन्तर्राष्ट्रिय सक्रियाताका हिसाबमा लिएको हो।

ताइवानले बिहीबार प्रशान्त क्षेत्र व्यापार समूहमा सहभागी हुन औपचारिक रुपमा आफ्नो निवदेन दर्ता गराएको थियो। उक्त निवेदनसँगै चीन र ताइवानबीचको टकराव बढ्ने अनुमान गरिएको छ। गतवर्ष अमेरिकाका एक वरिष्ठ अधिकारीको ताइवान भ्रमणका क्रममा चीनले १८ युद्धक विमानलाई ताइवानमा गस्तीमा पठाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved