जोङले रातो कार्ड खाएसँगै बराबरीमै रोकियो बार्सिलोना

खेल अवधिभर दबदबा कायम राखे पनि गोल गर्न असफल हुँदा बार्सिलोनाले बराबरीमा चित्त बुझाउनु परेको हो।

नेपालभ्युज

जोङले रातो कार्ड खाएसँगै बराबरीमै रोकियो बार्सिलोना

काठमाडौं। स्पेनिस जायन्ट बार्सिलोनाले ला लिगामा गोलरहित बराबरी खेलेको छ। बार्सिलोनाले गएराति काडिफसँग उसकै मैदानमा बराबरी खेलेको हो।

न्यूभो मिरानडिल्लामा १० खेलाडीमा सीमित भएको बार्सिलोना गोलरहित बराबीमा रोकिएको हो।

खेलको ६५ औँ मिनेटमा फ्रेन्की डे जोङले रातो कार्ड खाएपछि बार्सा १० खेलाडीमा सीमित भएको थियो।

खेल अवधिभर दबदबा कायम राखे पनि गोल गर्न असफल हुँदा बार्सिलोनाले बराबरीमा चित्त बुझाउनु परेको हो।

बार्सिलोना पाँच खेलमा दुई जित तीन बराबरी खेल्दै ला लिगा टेबलमा सातौँ स्थानमा रहेको छ। ६ खेलमा पाँच जित एक बराबरी खेलेको रियल मडिङड १६ अंकसहित पहिलो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved