काग्रेसले असोज १८ गतेअघि २१ जिल्लाको अधिवेशन गर्ने 

नेपालभ्युज

काग्रेसले असोज १८ गतेअघि २१ जिल्लाको अधिवेशन गर्ने 
फाइल फाेटाे
काठडौँ। कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गतका विभिन्न अधिवेशन तालिका फेरि परिवर्तन गर्ने जनाएको नेपाली काँग्रेसले असोज १८ गतेअघि २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। विहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले हिमाली जिल्लामा पूर्वनिर्धारित समयमै अधिवेशन गर्ने निर्णय गरेको हो।
वडाअधिवेशन सकिएका ६४ जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु हुने जनाइएको छ। दशैँपछि हिमाली जिल्लामा चिसो बढ्ने भएकाले  २१ जिल्लामा अधिवेशन छिट्टै गरिने नेताहरु बताउँछन्।
असोज १८ भित्र अधिवेशन गरिने जिल्लामा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ छन्।
यस्तै डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दीमा असोज १८ भित्रै जिल्ला अधिवेशन सम्पन्न हुने जनाइएको छ। तर, डोल्पा र रसुवामा भने क्रियाशील सदस्यताको विवाद कायमै  छ।
यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ। उनका अनुसार प्रदेश अधिवेशन र महाधिवेशनको कार्यतालिका पनि परिवर्तन हुने भएको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved