शेयर बजार झिनो अंकले वृद्धि, नेप्से परिसूचक २८१९.६६ विन्दुमा पुग्यो

बुधबार १३ ओटै समूहको शेयर वृद्धि भई नेप्से परिसूचक साताकै उच्च १०४ दशमलव अंकले बढेर २ हजार ८१६ दशमलव ८७ बिन्दूमा पुगेको थियो।

नेपालभ्युज

काठमाडौं। साताको अन्तिम कारोवार दिन शेयर बजार झिनो अंकले वृद्धि भएको छ।

आज नेप्से परिसूचक शून्य दशमलव १० प्रतिशत अर्थात् २ दशमलव ७० अंकले वृद्धि भएको छ। यससँगैं नेप्से परिसूचक २ हजार ८१९ दशमलव ६६ विन्दुमा पुगेर बजार बन्द भएको छ।

आज २२८ ओटा कम्पनीको ७ अर्ब ६३ करोड ६३ लाख रुपैयाँ बराबर १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर कारोवार भएको छ।

आज १३ वटा समूहमध्ये बैंकिङ र फाइनान्सबाहेक सबै समूहको शेयरमा गिरावट आएको छ। सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ भने दोस्रोमा प्राइमा लाइफ इन्सोरेन्सको शेयरमूल्य ६ दशमलव १३ प्रतिशतले बढेको छ।

यसैगरी आज सबैभन्दा बढी हिमालयन पावर पार्टनरको ५ दशमलव ९ र त्यसपछि युनियन हाइड्रोपावरको शेयरमूल्य ५ दशमलव ०५ प्रतिशतले घटेको छ।

साताको चौथो कारोबार दिन बुधबार १३ ओटै समूहको शेयर वृद्धि भई नेप्से परिसूचक साताकै उच्च १०४ दशमलव अंकले बढेर २ हजार ८१६ दशमलव ८७ बिन्दूमा पुगेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved