बजेट ‘होलिडे’ अन्त्य, बजेट खर्च गर्ने बाटो खुल्यो

भदौ ३० मध्यरातिदेखि लागू बजेट ‘होलिडे’ आजदेखि अन्त्य भएको छ। बिहीबार राष्ट्रपतिले विनियोजन विधेयक प्रमाणीकरण गरेसँगैं बजेट होलिडे अन्त्य भई सरकारलाई खर्च गर्ने बाटो खुलेको हो।

नेपालभ्युज

बजेट ‘होलिडे’ अन्त्य, बजेट खर्च गर्ने बाटो खुल्यो

काठमाडाै‌। भदौ ३० मध्यरातिदेखि लागू बजेट ‘होलिडे’ आजदेखि अन्त्य भएको छ। बिहीबार राष्ट्रपतिले विनियोजन विधेयक प्रमाणीकरण गरेसँगैं बजेट होलिडे अन्त्य भई सरकारलाई खर्च गर्ने बाटो खुलेको हो।

अध्यादेश बजेट प्रतिस्थापनका लागि ल्याइएको विनियोजन विधेयक बिहीबारै संघीय स‌ंसद्काे दुवै सदनबाट पारित भयो। गत असोज ४ गते प्रतिनिधिसभाबाट पारित उक्त विधेयकलाई सरकारले राष्ट्रिय सभामा पेश गरेको थियो। बिहीबार राष्ट्रिय सभाबाट बहुमतले पारित बजेट सन्देशसहित प्रतिनिधिभामा फिर्ता आएको थियो।

उक्त विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्राप्त सन्देशसहित प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत गरेकोमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद्का अवरोधकाबीच प्रतिनिधिसभाबाट पनि उक्त पास भएको थियो।

पास भएलगत्तै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक स्वीकृत गरेकी हुन्। विधेयक स्वीकृत भएपछि आजैदेखि प्रतिस्थापन बजेट कार्यान्वनमा आएको छ।

भदौ ३० गते अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटको म्याद सकिएर एमालेकाे अवराेधका कारण प्रतिनिधिसभाबाट विनियाेजन विधेयक पास हुन नसक्दा मुलुक बजेटविहीन हुन पुगेकाे थियाे। मुलुक बजेटविहीनताको अवस्था (बजेट हाेलिडे)मा प्रवेश गरेपछि सरकारी कोषबाट हुने सबै खर्च रोकिएका थिए।

एमालेले १४ सांसद्लाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएपछि भदौ २३ गतेदेखि निरन्तर संसद् अवरोध गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved