काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइराला आज पार्टीं कार्यलय पुगेर धर्नामा सहभागी हुँदै छन्।
केही दिनयता सर्लाहीबाट आएर कांग्रेस स्थानीय नेताहरू धर्नामा बसिरहेका छन्। सर्लाहीका स्थानीय नेताहरूको सानेपामा भइरहेको धर्ना कार्यक्रममा प्रदेश २ मा काग्रेसको तर्फबाट मन्त्री रहेका वीरेन्द्र सिंहले केही दिनअघि गालीगलौज गरेका थिए। वरिष्ठ नेता पौडेल र कोइराला त्यसको विरोधमा आज धर्नामा ऐक्यबद्धता जनाउने तयारीमा छन्।
कांग्रेस सांसद अमरेश सिंहको संयोजनमा उक्त विरोध प्रदर्शन भइरहेको छ। त्यसमा सहभागी हुन संस्थापनइतरका अन्य नेताहरू पनि सानेपा जाने तयारीमा छन्।
केही दिनअघि प्रदेश २ का युवामन्त्री सिंहले बरथवा नगरपालिका-४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई पार्टी कार्यलय सानेपामा गाली गर्दै गरेको भिडिओ सार्वजनिक भएको थियो।
Facebook Comment
Comment