बैतडीमा एक व्यवसायी मृत फेला

सन्सेरीमाण्डाैंमा व्यवसाय गर्दै आएका सुर्नया गाउँपालिका ४ लेकडाँडाका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन्।

नेपालभ्युज

बैतडी। बैतडीमा एक व्यापारी मृत फेला परेका छन्।

सन्सेरीमाण्डाैंमा व्यवसाय गर्दै आएका सुर्नया गाउँपालिका ४ लेकडाँडाका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन्। महरा आफ्नै पसल अगाडि मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

महराको टाउको, छाती र शरीरका अन्य भागमा घाउ रहेकाले उनको हत्या गरिएको आशंका गरिएको छ। घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीको नेतृत्वको टोली घटनास्थलमा गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved