राष्ट्रिय महिला फुटबल टोली नेपाल फर्कँदै

एएफसी महिला एशियन कप-२०२२ छनोट खेल्नका लागि उज्बेकिस्तान गएको टोली आज फर्कन लागेको हो।

नेपालभ्युज

राष्ट्रिय महिला फुटबल टोली नेपाल फर्कँदै
फाइल तस्वीर

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कँदै छ। एएफसी महिला एशियन कप-२०२२ छनोट खेल्नका लागि उज्बेकिस्तान गएको टोली आज फर्कन लागेको हो।

नेपाली टिम आज स्वदेश फर्कने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। एशियन कपमा छनोट हुन असफल भएको नेपाल टिम बिहान सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ।

यसअघि, मंगलबार छनोट खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको थियो। त्यसअघि पहिलो छनोट खेलमा फिलिपिन्ससँग २-१ ले पराजित भएको थियो।

यो समूहको शीर्ष स्थानमा रहने एक टिमले मात्र अर्को वर्ष भारतमा हुने एएफसी महिला एशियन कप खेल्न पाउनेछ। नेपालले दुई खेलबाट १ अंक मात्र जोडेपछि छनोट सम्भावना सकिएको हो।

एसियन कप आगामी २० जनवरीदेखि ६ फेब्रुअरीसम्म भारतमा हुनेछ । यसअघि नेपालले सन् १९८६ मा ८९ र ९९ मा तीन पटक एशियन कप खेलेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved