वनका पदाधिकारीको जिम्मेवारी हेरफेर

मन्त्रालयले मन्त्रालय मातहतका विभिन्न निकायका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ। वन तथा वातावरण मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी फेरबदल गरेका हुन्।

नेपालभ्युज

वनका पदाधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौं। वन तथा वातावरण मन्त्रालयले मन्त्रालय मातहतका विभिन्न निकायका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ। वन तथा वातावरण मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी फेरबदल गरेका हुन्।

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको सदस्य–सचिवमा डा. महेश्वर ढकाल नियुक्त भएका छन्। ढकाल गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवबाट चुरेमा तानिएका हुन्। सो मन्त्रालयमा चुरेका सदस्य–सचिव बद्रीराज ढुंगानालाई खटाइएको छ।

रेड कार्यान्वयन केन्द्र प्रमुखमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक दीपककुमार खराल सरुवा भएका छन्। गत महीना वन मन्त्रालयका सह–सचिव प्रकाश लम्साल सेवानिवृत्त भएपछि केन्द्र नेतृत्वविहिन थियो। खरालको ठाउँमा प्रदेश २ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेल महानिर्देशक तोकिएका छन्।

त्यसैगरी वनस्पति विभागको महानिर्देशकमा वन मन्त्रालयका प्रवक्ता डा. बुद्धिसागर पौडेललाई सरुवा गरिएको छ। यसअघिका महानिर्देशक सञ्जिव राई प्रदेश १ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवका रुपमा खटिएपछि विभागले विगत दुई महीनादेखि नेतृत्व पाएको थिएन।

वन मन्त्रालयको वन तथा जलाधार महाशाखा प्रमुखमा मेघनाथ काफ्लेलाई जिम्मेवारी तोकिएको छ। उनी दुई महीना अघि प्रदेश १ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट केन्द्रमा तानिएका थिए।

नयाँ जिम्मेवारी यही हप्ता हेरफेर भएकाले सबैले औपचारिक रुपमा नयाँ कार्यभार सम्हाल्न बाँकी रहेको वन मन्त्रालयका प्रवक्ता डा. पौडेलले नेपालभ्यूजलाई बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved