बिना निष्कर्ष टुंगियो गठबन्धन बैठक

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले ७२ दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि आलोचना बढ्दै गएको छ।

नेपाल भ्युज

बिना निष्कर्ष टुंगियो गठबन्धन बैठक

काठमाडौं। मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्श टुंगिएको छ।

मन्त्रिपरिषद् विस्तारका लागि करिब साढे ३ घण्टा लामो छलफल भएकोमा बैठक बिना निष्कर्श टुंगिएको काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिए। मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको तर ठोस सहमति हुन नसकेको उनले बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ साढे ५ बजेदेखि शुरु बैठकमा प्रधानमन्त्री एवं काँग्रेस सभापति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव, लगायतको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले ७२ दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि आलोचना बढ्दै गएको छ। गएको २९ असारमा प्रधानमन्त्रीमा नियुक्त देउवा नेतृत्वको मन्त्रिपरिषद् ६ सदस्यीय मात्रै छ भने १६ मन्त्रालय रिक्त छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved