पूर्ण खोप लगाउने तेस्रो जिल्ला बन्यो पूर्वी रुकुम

नेपालभ्युज

पूर्ण खोप लगाउने तेस्रो जिल्ला बन्यो पूर्वी रुकुम

काठमाडौं। मनाङ र मुस्ताङपछि पूर्वी रुकुम कोभिडविरुद्धको पूर्ण खोप लगाउने जिल्ला बनेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पूर्व रुकुममा सबै लक्षित जनसङ्ख्यामा पूर्ण मात्रामा खोप लगाएको जानकारी दिए।

यस्तै काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्ण मात्राको खोप लगाएका छन् मुलुकभरि करिब १८ प्रतिशत जनसङ्ख्याले पूर्णमात्राको खोप लगाएको जानकारी पौडेलले दिए।

सरकारले यही असोज मसान्तसम्ममा ३३ प्रतिशतलाई पूर्णमात्राको खोप लगाउने लक्ष्य राखेको छ। कूल दुई करोड १३ लाख जनसङ्ख्यालाई खोप लगाउने सरकारको तयारी रहेको छ। नेपालमा कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ। आज एक लाख ५६ हजार १८ जनाले खोप लगाएका छन्। अहिलेसम्म पहिलो मात्रा ६२ लाख ६२ हजार ८७० जनाले र पूर्णमात्रा ५७ लाख ५२ हजार ८५३ जनाले लगाइसकेको छन्। रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved