मन्त्रीहरूको नाम तय गर्न बालुवाटारमा गठबन्धनको बैठक जारी

साँझ साढे ५ बजेदेखि शुरू बैठकमा प्रधानमन्त्री एवं काँग्रेस सभापति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव लगायतको उपस्थिति रहेको छ।

नेपाल भ्युज

मन्त्रीहरूको नाम तय गर्न बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडाैं। मन्त्रिपरिषद् विस्तारकाे निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक बसिरहेकाे छ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले ७२ दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसेको भनी आलोचना बढ्दै गएकाेमा सत्तारुढ दल मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफलमा जुटेका हुन्।

मन्त्रिपरिषद् विस्तार गर्न बुधबार साँझ साढे ५ बजेदेखि शुरू बैठकमा प्रधानमन्त्री एवं काँग्रेस सभापति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव लगायतको उपस्थिति रहेको छ।

गएको २९ असारमा प्रधानमन्त्रीमा नियुक्त देउवा नेतृत्वकाे मन्त्रिपरिषद् ६ सदस्यीय मात्रै छ भने १६ मन्त्रालय देउवा आफैले सम्हालिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved