स्थायी समितिमा प्रचण्डको बिफ्रिङ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

नेपालभ्युज

स्थायी समितिमा प्रचण्डको बिफ्रिङ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ
फाइल तस्वीर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा ‘बिफ्रिङ’ गर्दै उनले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भएको जानकारी गराएका थिए। वर्तमान सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको काम कारबाहीमा समस्या आएको बताइएको छ।

राजनीतिक दलसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बिहीबार संसद्मा प्रतिस्थापन विधेयक पेश गर्ने सरकारले तयारी गरेको प्रवक्ता महराले जानकारी दिए। “भोलि संसद् बस्दै छ, आज पाँच दलको बैठक छ, त्यसपछि टुंगो लाग्छ।”

बैठकले केन्द्रीय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved