मलकाे मूल्य २ हजार बढ्दा धानकाे बढ्याे १७ रूपैयाँ

अन्तरराष्ट्रिय बजारमा मूल्य बढेसँगैं नेपालमा पनि डीएपी र यूरीया मलकाे मूल्य प्रति क्विन्टल २ हजार रूपैयाँसम्म बढाइएकाे छ।

नेपाल भ्यूज

मलकाे मूल्य २ हजार बढ्दा धानकाे बढ्याे १७ रूपैयाँ

काठमाडाैं। रसायनीक मलकाे मूल्य प्रति प्रति टन २ हजारले बढ्दा धानकाे मूल्य भने १७ रूपैयाँले बढेकाे छ।

यस वर्ष अन्तरराष्ट्रिय बजारमा प्रति मेट्रिकटन ३ सय १७ डलर पर्ने युरीयामलको मूल्य बढेर ४ सय ५५ डलर र प्रतिमेट्रिकटन ४ सय २० डलर पर्ने डिएपि मलको मूल्य पनि बढेर ६ सय ५० डलर कायम भएको छ।

अन्तरराष्ट्रिय बजारमा मूल्य बढेसँगैं नेपालमा पनि डीएपी र यूरीया मलकाे मूल्य प्रति क्विन्टल २ हजार रूपैयाँसम्म बढाइएकाे छ।

मलकाे मूल्य आकाशिएकाे बेला सरकारले झिनाे मूल्य बढाएर धानकाे समर्थन मूल्य ताेकेकाे छ।

भदाै २९ गते बसेकाे मन्त्रिपिरषद्काे बैठकले चालू आर्थिक वर्ष २०७८/७९ का लागि १७ रूपैयाँले बृद्धि गरी धानकाे समर्थन मूल्य ताेकेकाे हाे। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले यस वर्ष माेटा धानको प्रति क्विन्टल मूल्य दुई हजार ७५२ र मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ रुपैयाँ तोकिएको जानकारी दिए।

मन्त्रालयले यस वर्ष ढिलो गरी धानको मूल्य निर्धारण गरेको हो। अघिल्लो वर्ष असारे धान लगाउनु पूर्व जेठमै सरकारले धानको समर्थन मूल्य तोकेको थियो। गत वर्ष मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँ तोकिएको थियो।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved