एकैदिन तेहाेराे अंकले बढ्याे शेयर बजार

काराेबार घट्याे

बुधबार काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा १ अर्ब १९ कराेड रूपैयाँले  घटेकाे छ।

नेपालभ्युज

काठमाडाैं। साताकाे तेस्राे काराेबारका दिन शेयर बजार तेहाेराे अंकले बढेकाे छ। लामाे समयकाे पहिराेपछि मंगलबार हरियाली देखिएकाे शेयर बजार बुधबार आकाशिएकाे छ।

बुधबार नेप्से परिसूचक १०४ दशमलव ८८ प्रतिशतले बढेर २८१६ दशमलव ९५ मा पुगेर बजार बन्द भएकाे छ।

साताको तेस्रो कारोबार दिन मंगलवार अघिल्लो कारोबार दिनको तुलनामा बजार १३ दशमलव ८३ अंकले बढेको थियो।

बुधबार पनि नेप्से परिसूचकले सकारात्मक सर्किट हानेको छ। यद्यपि, बुधबार काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा १ अर्ब १९ कराेड रूपैयाँले  घटेकाे छ। आज ६ अर्ब १७ कराेड रूपैयाँ बराबरकाे २१७ कम्पनीकाे  १ कराेड २१ लाख कित्ता शेयर काराेबार भएकाे छ। मंगलबार २२३ ओटा कम्पनीको ७ अर्ब ३६ कराेड रूपैयाँ बराबरकाे ५३ लाख ६ हजार ६१ कित्ता शेयर काराेबार भएकाे थियाे।

१३ वटै परिसूचक वृद्धि भएकाेमा २१७ मध्ये १८ कम्पनीकाे शेयरमूल्य बढेकाे छ। यस दिन सबैभन्दा बढी अरूण भ्याली हाइड्राेपावरकाे २३ करोड ३४ लाख रूपैयाँ बराबरकाे शेयर खरिदविक्री भएकाे छ र त्यसपछि नेशनल हाइड्रोपावरको १८ करोड ४८ लाख रूपैयाँकाे शेयर काराेबार  भएकाे छ।

निरन्तर ३२ सयबाट २६ सय बिन्दूसम्म ओरालो लागेकाे शेयरबजार मंगलबारदेखि सुधारिएदै गएपछि लगानीकर्ताले राहत महसुस गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved