मन्त्रीहरूको नाम तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

नेपालभ्युज

मन्त्रीहरूको नाम तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं। मन्त्रिपरिषद् विस्तारमा निर्णय लिन सत्तारुढ गठबन्धन दलको बैठक बस्दै छ।

सिंहदरबार संसदीय दलको कार्यालय बेलुकी पाँच बजेपछि बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तरको विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले ७२ दिन बितिसक्दा पनि पूर्ण रूपमा मन्त्रिपरिषद् विस्तार गर्न नसेको भनेर आलोचना बढिरहेपछि सत्तारुढ दल मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफलमा जुटेका हुन्।

हिजो मात्र सत्ता गठबन्धनले डा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको थियो।

यसैबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तागठबन्दन दलहरू आन्तरिक छलफलमा जुटेका छन्। नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा जारी छ।

उता माओवादीको केन्द्रको स्थायी समिति बैठक पनि पार्टी कार्यालयमा बसिरहेको छ। बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम तय गर्ने बताइएको छ। सत्तारुढ दलहरूले सरकारमा सहभागी हुनेहरूको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

दलहरूले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम आज दिए आजै वा भोलि शपथ हुने प्रधानमन्त्री निजी सचिवालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved