गच्छदार भन्छन्, “प्रतिशोधका कारण मलाई सिध्याउने खेल भयो”

नेपालभ्युज

गच्छदार भन्छन्, “प्रतिशोधका कारण मलाई सिध्याउने खेल भयो”

काठमाडौं । आफ्नो राजनीतिक जीवन सिध्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग भएको बालुवाटार जग्गा काण्डमा मुछिएका कांग्रेस उपसभापति विजय गच्छदारले टिप्पणी गरेका छन्।

बालुवाटार जग्गा प्रकरणमा मुद्दा चलेको डेढ वर्षपछि पहिलोपल्ट सार्वजनिक रूपमा उनले यस्तो आरोप लगाएका हुन्।

बुधबार पत्रकार सम्मेलन गरेर गच्छदारले आफूमाथि सुनियोजित रूपमा प्रहार भएको गुनासो गरे। भने , “ललिता निवासमा मलाई राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाइयो। मेरो ५० वर्ष लामो राजनीतिक जीवन समाप्त गर्ने खेलमा अख्तियार प्रयोग भयो भन्नुपर्दा अतिशयोक्ति हुँदैन।”

अख्तियारले २०७६ माघ २२ गते ललितानिवास जग्गा किनबेच प्रकरणमा पूर्वमन्त्री गच्छदारलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। केपी शर्मा ओलीको सरकार रहँदासम्म सार्वजनिक नभएका उनी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि गत ३० असारमा विशेष अदालतमा हाजिर भएका थिए। अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो।

धरौटीमा रिहा भएका गच्छदारले आफूले न्याय पाएको बताए। आफ्नो घरसमेत नभएको र डेरामा बस्दै आएको पनि उनले बताए। उनले थपे, “म विगत डेढ वर्षसम्म एक दिनपछि सार्वजनिक काम र मिडियामा आइनँ। अदालतले धरौटीमा रिहा गरेर न्याय दिएपछि मात्रै सावर्जजनिक भएँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved