परराष्ट्रमन्त्री खड्काको शपथ १ बजे

नेपालभ्युज

परराष्ट्रमन्त्री खड्काको शपथ १ बजे

काठमाडौं। प्रधानमन्त्री शेबहादुर देउवाले कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन्। देउवाले डा. खड्कालाई बुधबार परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त परराष्ट्रमन्त्री डा. खड्काले १ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा उनले १ बजे शपथ लिने बालुवाटार स्रोतले जनाएको छ।

डा. खड्काले शपथलगत्तै आजै सिंहदरबार गएर कार्यभार सम्हाल्ने र आजै साँझ राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नेछन्।

यसअघि, हिजो सत्तारुढ गठबन्धनको बैठकमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको थियो। मंगलबार बालुवाटारमा बसेको गठबन्धनमा आबद्ध ५ दलको बैठकले मन्त्रालय बाँडफाँड गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved