एट्लेटिकोको जितमा सुआरेजको दुई गोल

गेटाफेविरुद्ध एट्लेटिकोका लागि दुवै गोल सुआरेजले गरे। उनले खेलको ७८ औँ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काएका थिए।

नेपालभ्युज

एट्लेटिकोको जितमा सुआरेजको दुई गोल

एजेन्सी। उपाधि रक्षा अभियानमा रहेको एट्लेटिको मड्रिडले ला लिगा फुटबलमा जित निकालेको छ। गएरातिको खेलमा लुइस सुआरेज चम्किएपछि एट्लेटिकोले गेटाफेविरुद्ध २-१ गोलअन्तरको जित निकालेको हो।

गेटाफेविरुद्ध एट्लेटिकोका लागि दुवै गोल सुआरेजले गरे। उनले खेलको ७८ औँ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काएका थिए।

त्यसअघि, गेटाफले एट्लेटिकोविरुद्ध सन् २०११ पछि पहिलो पटक गोल गरेको थियो । घरेलु मैदानमा गेटाफेका स्टेफन मित्रोभिकको हेड एट्लेटिकोका गोलकिपर जोन ओब्लाकलाई छुदै पोस्ट छिरेको थियो ।

तर, सुआरेजले ७८ औ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए। अन्तिम मिनेटमा पनि सुआरेजले गोल गरेपछि अन्ततः ७४ औँ मिनेटमा कार्लिस एरिनाले रातो कार्ड खाएपछि १० खेलाडीमा सीमित भएको गेटाफे पराजित भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved