नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी

कांग्रेसको आन्तरिक समीकरणमा फेरबदल नभए नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाइने तयारी छ।

नेपालभ्युज

नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी
काठमाडौँ।सत्तारुढ गठबन्धनको बैठकमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको छ। मंगलबार बालुवाटारमा बसेको गठबन्धनमा आबद्ध ५ दलको बैठकले मन्त्रालय बाँडफाँड गरेको हो।
यससँगै कांग्रेसको आन्तरिक समीकरणमा फेरबदल नभए नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाइने तयारी छ। यस्तै मन्त्रीका लागि कांग्रेसबाट दिलेन्द्र प्रसाद बडू, तेजुलाल चौधरीलगायतको नाम चर्चामा छ। तर निर्णय भने नभएको कांग्रेस नेताहरु बताउँछन् । साथै अन्य मन्त्रीहरूको टुङ्गो लाग्ने र शपथ ग्रहण सकेसम्म बुधबार नै गराउने तयारी भएको नेताहरूले बताए। अरू मन्त्रालय भागबन्डाबारे छलफल गर्न बुधबार बिहान फेरि बैठक बस्ने नेताहरूले बताएका छन्।
बैठकमा नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेस महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई सहभागी थिए। यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चा  उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति थियो।
२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए। त्यसपछि एक राज्यमन्त्री नियुक्त गरेका छन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved