ओली सरकारले नियुक्ति गरेका राजदूत फिर्ता

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता गराउने निर्णय भएको बताए ।

नेपालभ्युज

ओली सरकारले नियुक्ति गरेका राजदूत फिर्ता

काठमाडौँ। राजनीतिक कोटाबाट राजदूत नियुक्त भएकाहरुलाई सरकारले फिर्ता बोलाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका मुलुकका राजदूतलाई कार्यकाल अगावै फिर्ता गरेको हो।

भारतमा निलाम्बर आचार्य, अमेरिकामा युवराज खतिवडा, चीनमा महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रतिभा राणा राजदूत छन्। बङ्गलादेशमा वंशीधर मिश्र, कतारमा नारदमुनि भारद्वाज, अमेरिकामा युवराज खतिवडा, इजरायलमा अञ्जान शाक्य, मलेसियामा उदयराज पाण्डे, स्पेनमा दावाफुटी शेर्पा, दक्षिण अफ्रिकामा निर्मलकुमार विश्वकर्मा, भारतमा नीलाम्बर आचार्य र शर्मिला पराजुली ओमानमा छिन् ।

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता गराउने निर्णय भएको बताए।

साथै मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved