एशियन कप खेल्ने नेपालको सपना समाप्त

नेपालभ्युज

एशियन कप खेल्ने नेपालको सपना समाप्त

काठमाडौं । नेपाली महिला टिमको एशियन कप फुटबल खेल्ने सम्भावना समाप्त भएको छ। छनोट खेलमा आज नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको छ। यसअघि पहिलो छनोट खेलमा फिलिपिन्ससँग २-१ ले पराजित भएको थियो।

उज्बेकिस्तानमा भएको समूह ‘एफ’ अन्तर्गत आजको खेलमा नेपालले हङकङलाई दबाब दिए पनि प्राप्त माैकाले सदुपयोग गर्न सकेन।

यो समूहको शीर्ष स्थानमा रहने एक टिमले मात्र अर्को वर्ष भारतमा हुने एएफसी महिला एशियन कप खेल्न पाउनेछ। नेपालले दुई खेलबाट १ अंक मात्र जोडेपछि छनोट सम्भावना सकिएको हो।

यसअघि नेपालले सन् १९८६ मा ८९ र ९९ मा तीन पटक एशियन कप खेलेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved