यूट्युबको सहायताले गर्भाधारण, जन्माइयो बच्चा

वीर्य त प्राप्त भयो तर डाक्टरबिना कसरी राख्ने पाठेघरमा? टेलरले गर्भाधान किटको प्रयोग गर्दै यूट्युब हेरेर पाठेघरमा वीर्य राखेको बताउँछिन्। पाठेघरमा वीर्य राखेको दुई हप्तापछि आफू गर्भवती भएको उनले थाहा पाएकी हुन्।

नेपाल भ्यूज

यूट्युबको सहायताले गर्भाधारण, जन्माइयो बच्चा

पुरुष साथीको प्रत्यक्ष सहयोगबिनै महिलाले बच्चा जन्माउन त सक्थे नै। अब त डाक्टरको सहयोगबिना पनि बच्चा जन्माउन सकिने भएको छ। त्यो पनि घरमै बसी। अस्पताल जाने झन्झटबिनै।

ई-सपिङमा हामी अभ्यस्त हुँदै गर्दा अब बिस्तारै ई-बेबीको अवधारणामा विकास हुन थालेको छ। बेलायतमा गत वर्ष यस्तै रोचक घटना भयो। आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरेर एक छोरासँग बस्दै आएकी बेलायतकी ३३ वर्षीय स्टेफनी टेलरलाई अर्को सन्तानको रहर भयो। छोरा एक्लै हुन्छ कि भन्ने मनमा डर जो पलायो।

सन्तानका लागि उनी कुनै सम्बन्धमा बाँधिन चाहन्नथिन्। कारण, आफ्नो नयाँ सम्बन्धले छोरालाई मानसिक असर गर्न सक्छ भन्ने चिन्ता यी सचेत आमालाई लाग्यो। त्यसैले सन्बन्धमा नबसी सन्तान जन्माउने चाहना भयो उनलाई।

अनि पुग्छिन् ‘फटिलिटी क्लिनिक’। सन्तानका लागि क्लिनिकले उनीसँग १ लाख ६१ हजार पाउण्ड माग्यो। मागबम्मोजिम आर्थिक भार बेर्होन नसक्ने थिइन् उनी। सन्तान जन्माउन उनले अर्को निर्णय गरिन् र आफ्ना अभिभावकलाई सुनाइन्।

सन्तानका लागि उनले अपनाउन खोजेको उपाय सुनेर आमा र बहिनी त खुशी थिए, तर बुबा थिएनन्। फसाद पर्‍यो उनलाई। केही समय गम खाएर बुबाले छोरीको निर्णयलाई साथ दिने भए।

त्यसपछि शुरु भयो बच्चा जन्माउने नयाँ उपाय। अनलाइनमार्फत वीर्य खरिद गर्ने निर्णय गरिन्, टेलरले। वीर्य खरिद गरेर मात्रै त बच्चा पक्कै जन्मिँदैन। उनले वीर्यलाई पाठेघरसम्म पुर्‍याउन अपनाएको तरिका झनै रोचक छ। तर, त्यसअघि उनले वीर्य कसरी खरिद गरिन् त, त्यो जानौँ।

वीर्य खरिद गर्न उनले सम्भावित दाताको छनोट गरिन्। छनोट भएका व्यक्तिहरूसँग महीनौँ कुराकानी। छनोट नै गर्न त खासै समय नलाग्नुपर्ने थियो। टेलरले अतिरिक्त समय लगाइन्। उनलाई आफ्नो पहिलो सन्तान र भावी सन्तानबीच समानता होस् भन्ने चाहना थियो, त्यसैले दातालाई छनोटमा समय लग्यो।

गत वर्षको जनवरीमा उनको घरमै आइपुग्यो वीर्य। र, १५ अक्टोबरमा सन्तान। छोरीले जन्म लिइन् यस पटक। जुन तरिकाले टेलरले छोरी जन्माइन् त्यो अनौठो थियो। त्यसैले छोरीको नाम ‘इडेन’ राखेको उनी बताउँछिन्।

वीर्य त प्राप्त भयो तर डाक्टरबिना कसरी राख्ने पाठेघरमा? टेलरले गर्भाधान किटको प्रयोग गर्दै यूट्युब हेरेर पाठेघरमा वीर्य राखेको बताउँछिन्। पाठेघरमा वीर्य राखेको दुई हप्तापछि आफू गर्भवती भएको उनले थाहा पाएकी हुन्।

“विद्युतीय सामग्रीमा मेरो पहुँच हुँदैन थियो भने आज दोस्रो सन्तान हुँदैन थियो मेरो”, उनी भन्छिन्।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved