काठमाडौं उपत्यकामा ४ सय २ सङ्क्रमित थपिए

काठमाडौं उपत्यकामा ४ सय २ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा २६१, भक्तपुरमा ४३ र ललितपुरमा ९८ सङ्क्रमित थपिएका हुन् ।

नेपालभ्युज

काठमाडौं उपत्यकामा ४ सय २ सङ्क्रमित थपिए
काठमाडौँ। पछिल्लो २४ घण्टामा १ हजार ३३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६२२ नमुना परीक्षणमध्ये १ हजार ३६ पीसीआर र २९४ जनामा एन्टिजेन पोजेटिभ देखिएको हो।
यस्तै काठमाडौं उपत्यकामा ४ सय २ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा २६१, भक्तपुरमा ४३ र ललितपुरमा ९८ सङ्क्रमित थपिएका हुन्। हाल उपत्यकामा सक्रिय संक्रमितको सङ्ख्या पाँच हजार ३९३ रहेको छ।
अहिले देशभर २० हजार १६४ जना होम आइसोलेसनमा, एक हजार ३६० जना संस्थागत आइसोलेसनमा, ३३५ जना आइसियु तथा १०७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved