ईपीएलका सबै खेलाडी सार्वजनिक, पारस नखेल्ने

नेपालभ्युज

ईपीएलका सबै खेलाडी सार्वजनिक, पारस नखेल्ने

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण खेल्ने सबै टिमका खेलाडी सार्वजनिक भएका छन्।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले भने सिजनको ईपीएलमा भने हुने छैनन्। करिब दुई महीनाअघि राष्ट्रिय टिमबाट संन्यास लिएका पारससँगै दीपेन्द्रसिंह ऐरी र बलर वसन्त रेग्मी पनि ईपीएलका टिममा हुने छैनन्।

पारसकै कप्तानीमा विराटनगर वारियर्सले सन् २०१७ को उपाधि जितेको थियो। यस पटक विराटनगरको कप्तानी भूमिका करन केसीले सम्हाल्नेछन्।

हाल केही समय क्रिकेटबाट विश्राम लिएकाले यो पटक नखेल्ने पारसले नेपालभ्यूजलाई बताए। संन्यासपछि पारस आफ्नै क्रिकेट एकेडेमी सञ्चालनको तयारीमा छन्।

९ असोजदेखि २३ गतेसम्म हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। काठमाडौं किंग्स ११, ललितपुर प्याट्रेडस्, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोर्स, चितवन टाइगर्स र विराटनगर वारियर्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

उपाधि विजेता टिमले नगद ५० लाख रुपैयाँ र उपविजेता १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताका सबै खेल अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन्।

यो पटक ईपीएलमा पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी, श्रीलंकाका पूर्वकप्तान तथा ब्याट्सम्यान उपल थरंगा, बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल, वेस्ट इन्डिजका बलर केसरिक विलियम्स र अफगानिस्तानका विकेटकिपर तथा ब्याट्सम्यान मोहम्मद शहेजादजस्ता विदेशी स्टार खेलाडीहरू समावेश हुने्छन्।

ईपीएलमा सहभागी टिम र तिनमा आबद्ध खेलाडी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved