राष्ट्रियसभामा पेश भयो विनियोजन विधेयक

विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ । राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भइसकेपछि मात्र सो विधेयक कार्यान्वयनमा आउनेछ ।

नेपालभ्युज

राष्ट्रियसभामा पेश भयो विनियोजन विधेयक
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश भएको छ।

राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकलाई सभासमक्ष टेबुल गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकले सो विधेयकलाई पारित गरी राष्ट्रियसभामा पठाएको हो।

उक्त विधेयकमाथि विचार गरियोस प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ पेश गरेका थिए। जसलाई बहुमतले पारित गरेको छ।

अब विनियोजन विधेयकमाथि छलफलका लागि असोज ७ गतेका लागि बैठक बोलाइएको छ। दिउँसो २ बजे बस्ने बैठकमा विधेयकमाथि छलफल गर्नका लागि सांसदहरुले एक दिन अगावै नाम टिपाउनु पर्नेछ।

विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ । राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भइसकेपछि मात्र सो विधेयक कार्यान्वयनमा आउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved