राष्ट्रियसभा बैठक बस्दै

नेपाल भ्यूज

राष्ट्रियसभा बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाले पारित गरेको विनियोजन विधेयक पेस हुनेछ।

बैठक अपराह्न १ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ। सैद्धान्तिक छलफलपछि सांसदहहरूलाई ७२ घण्टाभित्र संशोधनको समय अवधि दिइने छ।

सांसदहरूले राखेको संशोधन प्रस्तावमाथि छलफलपछि राष्ट्रिय सभाले विनियोजन विधेयक पास गरी पुनः प्रतिनिधिसभामा पठाउने छ। प्रतिनिधि सभामा आएपछि सो विधेयकलाई सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछन्।

राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै बजेट होलिडे अन्त्य हुनेछ। प्रतिनिधि सभाको हिजोको बैठकमा एमालेको अवरोधबीच विनियोजन विधेयक बहुमतले पारित भएको थियो।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved