ला लिगा फुटबल

घरेलु मैदानमै बराबरीमा रोकियो बार्सिलोना

क्याम्प नोउमा खेल शुरु भएको दोस्रो मिनेटमै गोल खाएको बार्सिलोना अन्तिम समयमा गोल गर्दै हारबाट भने जोगिएको छ।

नेपाल भ्यूज

घरेलु मैदानमै बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलाना घरेलु मैदानमा बराबरीमै राकिएको छ। गएराति बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा ग्रानडासँग १-१ गाेलकाे बराबरी खेल्यो।

क्याम्प नोउमा खेल शुरु भएको दोस्रो मिनेटमै गोल खाएको बार्सिलोना अन्तिम समयमा गोल गर्दै हारबाट भने जोगिएको छ। ग्रानाडाका लागि कौटिन्हो मेनेसेस डुआर्टेले गोल गर्दै अग्रता दिलाएका थिए।

तर, खेलको अन्तिम मिनेटमा बार्सिलोनाका लागि रोनाल्ड अरौजोले गोल गरेपछि पाहुना टोलीले जित निकाल्न सकेन। ९० औँ मिनेटमा अरौजोको गोलमार्फत बार्साले बराबरीको नतिजा निकालेको हो।

अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले टिम छाडेपछि बार्सिलोना खराब लयमा छ। घरेलु मैदानमा पनि उसले जितका लागि संघर्ष गरिरहेको छ। तर, ला लिगामा भने ४ खेलमा हार भोगेको छैन।

बार्सिलोनाले ला लिगामा ४ खेल खेल्दा २ जित र २ बराबरीको नतिजाबाट ८ अंकसहित अंकतालिकाको सातौँ स्थानमा रहेको छ। ५ खेल खेलेको ग्रानडा भने ३ अंकसहित तालिकाको १७ औँ स्थानमा छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved