वातावरणका मुद्दाबारे राष्ट्रपतिको ध्यानाकर्षण

नेपालभ्युज

वातावरणका मुद्दाबारे राष्ट्रपतिको ध्यानाकर्षण
नेपाल वातावरण पत्रकार समूहका पदाधिकारीसँग छलफल गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी।

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरणका विषयमा राजनीति गर्न नहुने बताएकी छन्। वातावरण, बालबालिका र शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट टाढा राख्नुपर्ने उनको भनाइ छ।

नेपाल वातावरण पत्रकार समूहका पदाधिकारीहरुसँग सोमबार राष्ट्रपति कार्यालयमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। “वातावरणीय मुद्दाहरुमा सबै पक्षले भावी सन्ततिका लागि सोच्नुपर्ने हुन्छ, दल तथा गुटगत आग्रह भन्दा यो विषय जहिले पनि माथि हुनुपर्छ”, उनले भनिन्।

चुरे संरक्षणको परिणाममुखी नतिजाका लागि आफूले निरन्तर झकझक्याइरहेको भण्डारीले बताइन्। समूहका अध्यक्ष कसमस विश्वकर्मा नेतृत्वको पदाधिकारी टोलीले वातावरणीय पक्षका विविध विषयबारे राष्ट्रपतिको जानकारी गराएको थियो।

समूहले राष्ट्राध्यक्षको नाममा सञ्चालन भइरहेको ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ राजनीतिक नियुक्तीका पदाधिकारी सरकार परिवर्तनसँगै परिवर्तन हुँदा कार्यक्रम प्रभावकारी नभएको बताएको छ। वातावरण र जैविक विविधता संरक्षणका लागि सरकारले विभिन्न समयमा गठन गरेका निकाय निष्क्रिय रहेकाले वातावरणीय मुद्दा ओझेलमा पर्ने गरेका भन्दै समूहले राष्ट्रपति भण्डारीलाई ध्यानाकर्षण गराएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved