१४ सांसदमाथिको कारबाही मुद्दा हेर्दाहेर्दैमा 

उक्त मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्चले जनाएको छ । यसको सुनुवाइ मंगलबार हुनेछ ।

नेपालभ्युज

१४ सांसदमाथिको कारबाही मुद्दा हेर्दाहेर्दैमा 
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा राखिएको छ।
ओलीले १४ सांसदको पद खारेजीसम्बन्धी विषयमा दायर गरेको रिटमा सर्वोच्च अदालतबाट सोमबार आदेश नभएको हो।
मुद्दा न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको थियो। उक्त मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्चले जनाएको छ। यसको सुनुवाइ मंगलबार हुनेछ।
ओलीले आफ्नो दल एमालेले कारबाही गरेका सांसदहरू अवैध रुपमा दल विभाजन गर्ने प्रक्रियामा सामेल भएको आरोप लगाएर मुद्दा हालेका छन्।
आफूले दलबाट कारबाही गरे पनि सभामुखले पदबाट मुक्त गर्नुपर्नेमा उल्टै पार्टी फुटाउने उद्देश्यले रोकेर राखेको ओलीको आरोप छ। पदीय मर्यादाभन्दा बाहिर गएर सभामुख सापकोटाले १४ सांसदलाई कारबाही नगरी एमाले फुटाउन सहयोग गरेको र निर्वाचन आयोगले पनि भूमिका खेलेको ओलीको आरोप छ।
यही आरोप लगाउँदै भन्दै १७ भदौमा रिट दायर गरिएको थियो।
२२ भदौमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराकोको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो। साथै २८ भदौको लागि पेशी तोकिदिएको थियो। तर न्यायाधीश दीपककुमार कार्की र मिरा खड्काको इजलासमा उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved