९६ प्रतिशत साक्षर

काठमाडौं पूर्ण साक्षर जिल्ला घोषित

नेपालभ्युज

काठमाडौं पूर्ण साक्षर जिल्ला घोषित
default

काठमाडौं। काठमाडौं जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लाका ११ वटै नगरपालिका साक्षर भएपछि साक्षरता अभियान जिल्ला समन्वय समितिले आज एक कार्यक्रम गरी काठमाडौंलाई पूर्ण साक्षर जिल्ला घोषणा गरेको हो।

समितिकाअनुसार काठमाडौंमा ९६ दशमलव ०६ प्रतिशत नागरिक साक्षर छन्।

सर्वप्रथम कीर्तिपुर नगरपालिकालाई २०७३ मा पूर्ण साक्षर नगर घोषणा गरिएकाे थियाे। त्यसको लामो समयपछि गत वर्ष मंसिर ११ गते तारकेश्वर नगरपालिका पूर्ण साक्षर नगर घोषणा भएकाेमा त्यसपछि क्रमशः अन्य नगरपालिकाले पनि साक्षर नगर भएको घोषणा गर्न शुरु गरेका हुन्।

काठमाडौं महानगरपालिका भने गत वर्ष फागुन ६ गते मात्रै पूर्ण साक्षर नगर घोषणा भएको थियो, सोही दिन दक्षिणकालीले पनि आफूलाई पूर्ण साक्षर नगर घोषणा गरेको थियो।

यसैगरी, गोकर्णेश्वर फागुन ७ गते, शंखरापुर फागुन ११ गते, चन्द्रागिरी फागुन २० गते तथा बुढानिलकण्ठ र नागार्जुन फागुन २४ गते पूर्ण साक्षर नगर घोषणा भएका थिए। यसैगरी टोखा नगरपालिकालाई फागुन १८ गते पूर्ण साक्षर नगर घोषणा गरिएकोमा कागेश्वरी नगरपालिका गत बैसाख १ गते पूर्ण साक्षर नगर घोषणा भएको थियो।

पूर्ण साक्षर जिल्ला घोषणा भएपनि कमजोर शिक्षा मापदण्ड र शिक्षा कार्यक्रम, नीतिगत व्यवस्था, बिद्यार्थी भर्ना लगायतका कारण दिगो साक्षरता हुन चुनैती रहेको शिक्षा शिक्षा विकास तथा समन्वय एकाई प्रमुख नन्दलाल पौडेलले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved