काठमाडौंमै दोस्रो मात्राका लागि ३० हजार खोप अपुग

हाल काठमाडौंमा पहिलो मात्रा लगाएर दोस्रो मात्रा कुरिरहेका दुई लाख ४० हजार छन्।

नेपालभ्युज

काठमाडौंमै दोस्रो मात्राका लागि ३० हजार खोप अपुग

काठमाडौं। सरकारले आजदेखि काठमाडौं उपत्यकामा भेरोसेल खोप लगाउन शुरु गरेको छ। शुक्रबार चीनबाट आएको ४४ लाखमध्ये ३ लाख ४६ हजार खोप काठमाडौं जिल्लाका लागि छुट्याइएको छ।

जसमध्ये एक लाख २६ हजारलाई खाेपकाे पहिलो मात्रा लगाउन लागिएको छ भने दुई लाख १० खाेप दाेस्राे मात्राका लागि छुट्याइएकाे छ।

यद्दपि, मन्त्रालयकै तथ्यांकअनुसार हाल काठमाडौंमा पहिलो मात्रा लगाएर दोस्रो मात्रा कुरिरहेका दुई लाख ४० हजार छन्। अहिलेकै वितरणअनुसार काठमाडौंमा ३० हजारले दोस्रो मात्रा खोप नपाउने काठमाडौंस्थित बागमती प्रदेशअन्तर्गत स्वास्थ्य कार्यालयका अधिकारी बताउँछन्।

मन्त्रालयले बागमती प्रदेशकामा सात लाख ६८ हजार ७७, प्रदेश एकमा चार लाख ८१ हजार ९०७, प्रदेश २ मा दुई लाख ४९ हजार ९४६ डोज खोप वितरण गर्ने निर्णय गरेको छ। यसैगरी, गण्डकीमा एक लाख ६६ हजार ३८२, लुम्बिनीमा दुई लाख ४६७, कर्णालीमा एक लाख ६५ हजार ७९२ र सुदूरपश्चिममा दुई लाख तीन हजार ७३५ डोज खोप पठाउन लागिएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved