‘हाम्रो पार्टी एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढ्यो’

नेपालभ्युज

‘हाम्रो पार्टी एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढ्यो’
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी विस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताएका छन्।

सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा काठमाडौं आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भने, “‘समाजवादी क्रान्ति अघि बढाउन विकास समृद्धिको यात्रा हुँदै न्यायसहितको एउटा नयाँ समाज निर्माणको निम्ति हाम्रो पार्टीले आफूलाई रूपान्तरण गर्नैपर्छ, हाम्रो पार्टी विस्तारै बिस्तारै एमालेकरण हुन थाल्यो, यस्तै भइरहने हो भने मैले भनिसकेको छु पार्टी छ नभने हुन्छ, मैले पार्टी सकिदिने भन्न खोजेको होइन, जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको हो।”

उनले थपे, “तर यो पनि मैले भनिरहेको छु कि नेकपा माओवादीले नै जनता र समाज साथै समाजवादी क्रान्तिको रणनीतिमा आफूलाई अघि बढाउँछ, नेकपा माओवादी नाम त छ विज्ञापनजस्तो, तर जनयुद्ध लड्ने योद्धाहरू भनेर चिनिनुपर्ने ठाउँमा चिनिँदैनन्, नाम छ, तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को कांग्रेस को माओवादी, को एमाले ? त्यसैले हामीले थोरै मिहेनत गर्‍यौं भने आउँदो चुनावमा एक नम्बर हुने सम्भावना छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved