प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयक पास गर्ने तयारी

आजको बैठकबाट सरकारले विनियोजन विधेक पास गराउने तयारी गरेको छ।

नेपालभ्युज

प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयक पास गर्ने तयारी
फाइल तस्वीर

काठमाडौं। संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँबानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो।

आजको बैठकबाट सरकारले विनियोजन विधेक पास गराउने तयारी गरेको छ। संसद् बैठकको सम्भावित कार्यसूचीमा विनियोजन विधेयक पारित गराउने उल्लेख भएसँगै सरकारले प्रमुख प्रतिपक्षी दलको विरोधका बीच विधेयक पास गराउन लागेको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख र सरकारको कदमको विरोधमा लगातार सदनमा अवरोध गर्दै आएको छ। यसबीचमा सरकारले संवादको पहल गरे पनि ठोस नतिजा आइसकेको छैन।

एमालेले आफूले कारबाही गरेका सांसदहरुकाे पद रिक्त भएकाे सूचना ननिकालेर सभामुख अग्निप्रसाद सापकाेटाले एमाले फुटाउनका लागि भूमिका खेलेकाे भन्दै सभामुखले आफ्नाे कदम नसच्याएसम्म सदन चल्न नदिने भन्दै अवराेध गरिरहेकाे छ।

यसैबीच, प्रतिनिधिसभाबाट सरकारले बजेट पास गराउन लागेको हो। इतिहासमै पहिलोपटक बजेट होलिडेपछि सटडाउनको अवस्थामा पुगेको सरकारले विधेयक पास गराउन लागेको हो।

आजको बैठकमा एमालेले अवरोध गरे पनि बजेट पास गराउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ। सँगसँगै, अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पेस गर्नेछन्।

यस्तो छ प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved