आजदेखि नयाँ नोट पाइने

पर्याप्त नयाँ नोट उपलब्ध भएपछि राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही गर्ने भएको हो। अघिल्लो वर्ष कोभिड १९ का कारण डिजिटल भुक्तानीलाई नै प्रवर्द्वन गर्ने बताउँदै नयाँ नोट सटही नखोलेको केन्द्रीय बैंकले यस वर्ष १० अर्ब रुपैयाँसम्म नयाँ नोट सटहीको लक्ष्य राखेको छ।

नेपाल भ्यूज

आजदेखि नयाँ नोट पाइने

काठमाडौं। आजदेखि दशैँ, तिहारका लागि सर्वसाधरणले नयाँ नोट साट्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आजदेखि आफ्ना शाखा कार्यालयमार्फत नयाँ नोट वितरण शुरु गर्ने भएको हो।

पर्याप्त नयाँ नोट उपलब्ध भएपछि राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही गर्ने भएको हो। अघिल्लो वर्ष कोभिड १९ का कारण डिजिटल भुक्तानीलाई नै प्रवर्द्वन गर्ने बताउँदै नयाँ नोट सटही नखोलेको केन्द्रीय बैंकले यस वर्ष १० अर्ब रुपैयाँसम्म नयाँ नोट सटहीको लक्ष्य राखेको छ।

राष्ट्र बैंकका शाखा कार्यालयहरूमा गएर सर्वसाधारणले नयाँ नोट सटही गर्न सक्नेछन्। वाणिज्य तथा विकास बैंकहरूले भने आफ्ना ग्राहकहरूका लागि केही समय अघिदेखि नै नयाँ नोट सटही गर्न शुरू गरिसकेका छन्।

यस वर्ष नेपाल राष्ट्र बैंकमा करीब २०० अर्ब रुपैयाँको नयाँ नोट छापिएर आएका छन्। बैंकको मुद्रा व्यवस्थापन शाखाका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार १५० अर्बको ५०० र एक हजार तथा ५० अर्बको सोभन्दा साना नयाँ नोट छापिएर आएका हुन्।

राष्ट्र बैंकले यसअघि नै ३ अर्ब ६० करोड रुपैयाँको नयाँ नोट वाणिज्य तथा विकास बैंकहरूमा पठाइसकेको छ। वाणिज्यले ५ करोड र विकास बैंकले ३ करोडसम्मको नयाँ नोट साट्न पाउने केन्द्रीय बैंकको व्यवस्थाअनुसार बैंकहरूले नयाँ नोट लिएका हुन्।

दशैँ र तिहारमा दक्षिणा तथा पूजाका लागि ठूलो मात्रा नयाँ नोटको माग हुने गरेको छ। सोहीअनुसार केन्द्रीय बैंकले प्रत्येक वर्ष नयाँ नोट बजारमा पठाउने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved