आजदेखि आईपीएल पुनः शुरु

नेपालभ्युज

आजदेखि आईपीएल पुनः शुरु

काठमाडौं । कोभिड महामारीका कारण रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि शुरु हुँदै छ।

१४ संस्करणको प्रतियोगिता गत ३ मेमा कोलकता नाइट राइडर्सका दुई खेलाडीलाई कोभिड संक्रमण भएपछि रोकिएको थियो। पुनः सुचारु भएको पहिलो खेलमा चिर प्रतिद्वन्द्वी मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्दै छन्।

लिगको पहिलो खेलमा मुम्बईले चेन्नाइलाई चार विकेटले हराएको थियो। डिफेन्डिङ च्याम्पियन मुम्बई पाँच पटकको विजेता हो। लिगको अंग तालिकामा गत वर्षको उपविजेता दिल्ली क्यापिटल्स आठ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा चेन्नाई र तेस्रो स्थानमा रोयल च्यालेन्जर्स बेंग्लोरको समान १०/१० अंक छ।

मुम्बई भने आठ अंकसहित चौथो स्थानमा छ।

यसअघि भारतमा भएको यो प्रतियोगिताका बाँकी खेलहरू यूएईमा हुनेछन्। कुल ६० खेलमध्ये अब ३१ खेल बाँकी छन्। जसमा नकआउट चरणका खेल पनि समावेश छन्।

यो आईपीएललगत्तै शुरु हुने टी-ट्वान्टी विश्वकपका कारण कतिपय स्टार विदेशी खेलाडीहरूले भने प्रतियोगिताबाट नाम फिर्ता लिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved