ओडीआई र टी–ट्वान्टी वरीयतामा खस्कियो नेपाल

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल टी-ट्वान्टीतर्फ १३ औँ स्थानबाट १४ औँ स्थानमा झरेको छ।

नेपालभ्युज

ओडीआई र टी–ट्वान्टी वरीयतामा खस्कियो नेपाल

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल, आईसीसीको टी-ट्वान्टी र एकदिवसीय दुवै वरीयतामा नेपाल खस्केको छ। आईसीसीको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झरेको हो।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल टी-ट्वान्टीतर्फ १३ औँ स्थानबाट १४ औँ स्थानमा झरेको छ। टी-ट्वान्टीतर्फ पहिलो स्थानमा इंग्ल्यान्ड र भारत दोस्रो स्थानमा रहेका छन्।

यस्तै एकदिवसीयमा एकदिवसीय वरीयतामा पनि नेपाल एक स्थान तल झर्दै १५ औँ स्थानबाट १६ औँ स्थानमा पुगेको छ।

यता, ओमान भने १६ औँ स्थानबाट ३ स्थानमाथि उक्लेर १३ औँ स्थानमा पुगेको छ। पहिलो स्थानमा भने न्यूजिल्यान्ड रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved