‘यो संविधान सर्वसम्मत छ’

नेपालभ्युज

‘यो संविधान सर्वसम्मत छ’
फाइल तस्वीर

काठमाडौं । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले अहिलको संविधान सर्वसम्मत भएको बताए।

एमालेले आइतबार आयोजना गरेको संविधान र राष्ट्रिय दिवस कार्यक्रममा मधेशकेन्द्रित दलहरूलाई लक्ष्य गर्दै संविधानको विरोध गर्नुको कुनै अर्थ नभएको नेम्बाङले बताए।

“संविधानको मूल प्रक्रियामा रहेर पनि विरोध गरिरहनुभएको छ”, नेम्बाङले भने, ” यो किन के कस्तो राजनीति हो?’ संविधान दिवसको अवसरमा सरकारले वितरण गरिएको पदक वितरणप्रति असन्तुष्टि जनाउँदै देश कतातिर अघि बढिरहेको छ भन्ने प्रश्न गरे।

फुटाउने र केपी शर्मा ओली सरकारविरूद्ध मुद्दा लड्नेले मेडल पाएको उनको भनाइ थियो। झलनाथ खलालप्रति लक्ष्य गर्दै दिल्लीमा बसेर पार्टी फुटाएकादेखि ओली सरकारविरुद्ध मुद्दा लड्नेलाई अहिलेको सरकारले सम्मान गरेको उनको टिप्पणी थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved