‘संविधान कार्यान्वयनमा सबै दल एक भएर लाग्नुपर्छ’

नेपाल भ्युज

‘संविधान कार्यान्वयनमा सबै दल एक भएर लाग्नुपर्छ’

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको रक्षा र कार्यान्वयनका लागि सबै राजनीतिक दल एक भएर लाग्नुपर्ने बताएका छन्।

लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको संविधान दिवस–२०७८ कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले नेपाली जनता र शहिदहरुको सपना पुरा गर्न बनेको संविधानको रक्षा र कार्यान्वयन गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर लाग्नुपर्ने बताए।

नेपाली जनताको बलिदानीले ल्याएको लोकतन्त्रको रक्षाको निम्ति सम्पूर्ण राजनीतिक दलले स्वामित्व लिनुपर्ने केसीले बताए। संविधानको रक्षा र कार्यान्वयनका लागि कोही पनि पन्छिन नहुने मुख्यमन्त्री केसीले जिकिर गरे।

संविधानले सबैको हक,अधिकार सुनिश्चित गरेको दाबी गर्दै सबै जात,जाति,भाषा,रङ र पहिचानका आधारमा कोही पनि विभेदमा नपरेको उल्लेख गरे।

मुख्यमन्त्री केसीले संविधान कार्यान्वयनका लागि केही चुनौतीहरु आए पनि राष्ट्र अब सही ट्रयाकमा फर्किएको उल्लेख गरे। कार्यक्रममा प्रदेश प्रमुख लुम्बिनी अमिक शेरचन,सभामुख पूर्णबहादुर घर्ती मगरलगायत उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved