संविधान दिवसको अवसरमा माधव नेपालको शुभकामना

नेपालभ्युज

संविधान दिवसको अवसरमा माधव नेपालको शुभकामना
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिएका छन् ।
संविधान दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आ–आफ्नो तर्फबाट इमानदार प्रयास गर्न सबैमा आह्वान गरेका छन् ।
स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि भएको समेत अध्यक्ष नेपालले बताएका छन् ।
संविधान जारीपछि मुलुकको राज्य संरचना र शासन सत्ता लगायतमा ठुलो परिवर्तन तथा सुधार भए पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानको विरुद्ध लागिरहेको उनको टिप्पणी  छ ।
पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको समेत नेपालले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved