संविधान दिवस बहिष्कार गर्न उपेन्द्र यादवको निर्देशन

संविधान दिवसको पूर्व सन्ध्यामा उनले एक विज्ञप्ति निकाल्दै नेपालको संविधान २०७२ त्रुटिपूर्ण भएकाले कुनै पनि कार्यक्रममा सहभागी नहुन, विरोध गर्न र संशोधनका लागि दबाब दिन आह्वान गरेका हुन्।

नेपाल भ्यूज

संविधान दिवस बहिष्कार गर्न उपेन्द्र यादवको निर्देशन
फाइल तस्वीर

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधान दिवस बहिष्कार गर्न पार्टी पंक्तिमा निर्देशन दिएका छन्।

संविधान दिवसको पूर्व सन्ध्यामा उनले एक विज्ञप्ति निकाल्दै नेपालको संविधान २०७२ त्रुटिपूर्ण भएकाले कुनै पनि कार्यक्रममा सहभागी नहुन, विरोध गर्न र संशोधनका लागि दबाब दिन आह्वान गरेका हुन्।

मधेशी, आदिबासी, जनजाती, दलित, शिल्पी, महिला तथा अल्पसंख्यक एवं उत्पीडित समुदायका राष्ट्रिय मुद्दा सम्बोधन नगरेको बताउँदै जसपाले नेपालको संविधान अपूरो भएको बताएको छ। भोलि संविधानमा रहेका विभेदकारी प्रावधानको विरोध गर्न यादवले आह्वान गरेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले यसअघि संविधान दिवसको बिरोध गर्ने घोषणा गरी भोलि काठमाडौंमा विचार गोष्ठी अयाोजना गर्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved