कस्तो रहने छ आगामी तीन दिनको मौसम ?

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नेपालभ्युज

कस्तो रहने छ आगामी तीन दिनको मौसम ?
default

काठमाडौं। अहिले नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीसहित बागमती प्रदेशका थोरै स्थान तथा प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिनभर प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार ४ असोज सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved