अमेरिकासँग नेपाल पराजित

नेपालभ्युज

अमेरिकासँग नेपाल पराजित

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलामा नेपाल अमेरिकासँग पराजित भएको छ।

नेपालले अमेरिकासँग ६ विकेटले हार बेहोरेको हो। अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो। जवाफमा अमेरिकाले मात्र २९ दशमलव ३ ओभर खेल्दै लक्ष्य भेट्टायो।
अमेरिकाका लागि प्लेयर अफ त म्याच भएका स्टेभन टेलरले सर्वाधिक ९२ रनको योगदान दिए। त्यस्तै मोनक पटेलले ३८ रन बनाए। टेलरले ६३ बलमा १२ चौका र ३ छक्का हिर्काए।
ओडीआई क्रिकेटमा नेपाललाई अमेरिकाले पहिलोपटक पराजित गरेको हो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ र कुशल भुर्तेलले ३६ रन बनाए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved