सदस्यता विवाद

काँग्रेसले भोलिसम्म क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने

शुक्रबार बालुवाटारमा बसेको पार्टीका शीर्ष नेताहरूको छलफलमा टुङ्गिन बाँकी क्रियाशील सदस्यताको टुङ्गो शनिवारसम्म लगाउने सहमति भएको हो।

नेपालभ्युज

काँग्रेसले भोलिसम्म क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने
काठमाडौँ। शनिवारसम्म क्रियाशील सदस्यताको टुङ्गो लगाउने नेपाली कांग्रेस शीर्ष नेताहरूबीच सहमति बनेको छ। शुक्रबार बालुवाटारमा बसेको पार्टीका शीर्ष नेताहरूको छलफलमा शनिवारसम्म विवाद टुङ्ग्याउने सहमति भएको हो।
छलफलमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला महामन्त्रीद्धय शशांक कोइराला र पूर्णबहादुर खड्का, मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए।
बैठकमा क्रियाशील सदस्यताको टुङ्गो लाग्न बाँकी रहेका १३ जिल्ला भोलिसम्म टुङ्ग्याउनेबारे छलफल भएर सहमतिमा टुंग्याउने सहमति बनेको हो।
शनिवार दिउँसो पुन बस्ने बैठकले सदस्यताको टुङ्गो लगाउने सहमति छलफलमा सहभागी एक नेताले बताए।
सदस्यता टुङ्गिन बाँकी १३ जिल्लामा पाँच असोजमा वडा तहको अधिवेशन गर्ने मिति काँग्रेसको निर्वाचन समितिले तोकेको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved