प्रवक्तामा सहमति

एमाले प्रचार विभागमा भट्टराई र  प्रवक्तामा ज्ञवालीको जिम्मेवारी कायमै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रवक्ताको जिम्मेवारीमा प्रदीप ज्ञवाली र प्रचार विभागको प्रमुखमा योगेशकुमार भट्टराई नै रहने जनाइएको छ ।

नेपालभ्युज

एमाले प्रचार विभागमा भट्टराई र  प्रवक्तामा ज्ञवालीको जिम्मेवारी कायमै
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रवक्ताको जिम्मेवारीमा प्रदीप ज्ञवाली र प्रचार विभागको प्रमुखमा योगेशकुमार भट्टराई नै रहने जनाइएको छ । यसअघि एमालेमा प्रवक्तामा को रहने भन्ने विवाद थियो ।
शुक्रबार पार्टी मुख्यालय थापाथलीमा बसेको पार्टी प्रचार विभागको बैठकमा सो विषयमा सहमति भएको जनाइएको छ ।
हालै बसेको एमाले स्थायी कमिटी बैठकमा भट्टराईले पार्टीको प्रवक्तामा ज्ञवाली नै रहने र आफू प्रचार विभागमा रहने बताएका थिए । एमालेमा एकताको लागि दश बुँदे सहमति गराउन भट्टराईले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । पछिल्लो समय उनी जिल्ला दौडमा समेत निस्किएका छन् ।
उनले माधव नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसक्ने समेत दाबी गर्दै आएका छन् । र, माधव नेपालहरूले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसक्ने पनि दाबी गरेका छन् । एमाले जेठ २ मा फर्कँदा भट्टराई प्रवक्ता हुनुपर्ने भन्दै विवाद देखिएको थियो ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved