कोरोना अपडेट

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त

८ हजार ६ सय ६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालभ्युज

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६ सय ६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७ सय २० परीक्षणबाट ४ सय ७२ जनामा पोजेटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ३ सय ८५ परीक्षणमा १ हजार ५ सय ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ४६ हजार ५ सय ६६ रहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ । हालसम्म देशभर ४० लाख ७७ हजार २ सय ५६ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २ सय ३६ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या २५ हजार ४ सय ९७ रहेको छ ।

 

कुन जिल्लामा कति थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २ सय ७४, कास्कीमा १ सय १९, मोरङमा १ सय ४, झापामा ८९, ललितपुरमा ७०, सुनसरीमा ६७, रुपन्देहीमा ५४, भक्तपुरमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै चितवनमा ४५, मकवानपुरमा २५, सुर्खेतमा १८, तनहुँमा १४ तथा धनकुटा र सिराहामा १०१० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved