राष्ट्रिय टिमबाट गुल्सन झाको डेब्यू, अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

अमेरिकासँगको दोस्रो खेलमा प्रशिक्षक वाटमोरले गुल्सनलाई पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा ठाउँ दिएका हुन।

नेपालभ्युज

राष्ट्रिय टिमबाट गुल्सन झाको डेब्यू, अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
तीव्र गतिका बलर गुल्सन झाले राष्ट्रिय क्रिकेट टिमबाट डेब्यू गरेका छन् । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिकासँगको दोस्रो खेलमा प्रशिक्षक वाटमोरले गुल्सनलाई पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा ठाउँ दिएका हुन।
गुल्सन नेपालको लागि ओडीआई क्रिकेट खेल्ने २७ औँ खेलाडी बनेका छन्। ओमानको अल अमेरत मैदानमा जारी त्रिकोणात्मक सिरिजको या खेलमा नेपाल पहिले ब्याटिङ गर्दै छ। खेलमा अमेरिकाले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
लिग डिभिजन–२ अन्तर्गत सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । यसपछि दोस्रो खेलमा भने नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । यी दुई बिचको हेड टू हेड हेर्दा आइसिसीको एकदिवसिय (ओडीआई) मान्यता पाएपछि हाल सम्म ३ खेल मात्र भएको छ जहाँ अमेरिका विरुद्ध नेपाल तीन खेलमै विजयी छ। आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत गत बर्ष नेपाल मै भएको दुई खेल पनि नेपालले जितेको थियो ।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को अंक तालिकामा नेपाल ६ खेलमा ३ जित पश्चात् ६ अंकसहित छैंठौ स्थानमा छ। सात टिम रहेको लिग डिभिजन–२ मा ओमान १२ खेलबाट २० अंक जोड्दै पहिलो स्थानमा छ भने दोस्रो स्थानमा रहेको अमेरिकाको १४ खेलबाट १० अंक छ। लिग डिभिजन–२ मा रहेका ७ टिम मध्ये प्रत्येक टिमले ९ सिरिज मार्फत ३६–३६ खेल खेल्नेछन।
यो लिग डिभिजन–२ बाट शीर्ष स्थानमा रहने ३ टिमले सन् २०२३ मा हुने एकदिवसिय विश्व कपको लागि छनोट खेल खेल्न पाउनेछन्। २०२३ को एकदिवसिय विश्वकप भारतमा हुँदैछ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved