काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारलाई छिटो पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा सहित गठबन्धनका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी) काअध्यक्ष माधव नेपालसँग आग्रह गरेका छन्।
तीन जना शीर्ष नेतासँगको आजको बेग्लाबेग्लै भेटमा उनले राष्ट्रिय सहमति कायम गर्दै अमेरिकी विकास परियोजना (एमसीसी) पारित गर्न पनि आग्रह गरेका छन्।
भट्टराईको सचिवालयका अनुसार उनले अध्यादेशको विषय छिटो छिनोफानो गर्न, प्रतिपक्षीसग छलफल गरेर बजेट पारित हुने वातावरण बनाउन, अहिलेको गठबन्धनलाई संसदको पूर्ण कार्यकाल हुँदै चुनावसम्म लैजाने वातावरण बनाउने र जनचासो एवं जनहितका सामाजिक मुद्दाहरूलाई प्राथामिकतामा राख्दै गठबनधन दल र सरकारवीच समन्वय गर्दै बढ्नसमेतआग्रह गरेका छन्।
Facebook Comment
Comment